राजनीति

माओवादी महिला संघको नेतृत्वमा अमृता थापा

काठमाडौं–अखिल नेपाल महिला संघको केन्द्रीय समिति अध्यक्षमा अमृता थापा चयन भएकी छिन्। भदौ ९–१० मा सम्पन्न राष्ट्रिय एकता भेलाले थापाको नेतृत्वमा ५ सय ११ सदस्सीय केन्द्रीय समिति चयन गरेको हो। निवर्तमान अध्यक्ष धर्मशिला चापागार्इंलाई भने वरिष्ठ उपाध्यक्षको जिम्मेवारी दिइएको छ।

भेलाले २९ जना उपाध्यक्ष तथा २४ जना सचिव भएको उक्त संगठनको महासचिवमा रेणु दाहाल चयन भएकी छन्। ‘टोल टोलमा संगठन, क्रान्तिकारी महिलाको पहिचान’ भन्ने नारा तय गर्दै उक्त भेला सम्पन्न भएको महासचिव दाहालले जानकारी दिएकी छन्। निवर्तमान अध्यक्ष चापागाईंले बहिस्कार गरेको भनिएको उक्त मिनभवन भेलाले उनलाई वरिष्ठ उपाध्यक्षको जिम्मेवारी दिएको हो। माओवादी शक्तिहरुको ५ भन्दा बढी महिला संगठन मिलेर उक्त एकता भेला गरिएको हो ।

 

प्रकाशित: १२ भाद्र २०७३ ११:२८ आइतबार

माओवादी महिला संघको नेतृत्वमा अमृता थापा