राजनीति

राष्ट्रिय सभा उपाध्यक्षको निर्वाचन माघ २३ गते

राष्ट्रिय सभाका उपाध्यक्षको निर्वाचन माघ २३ गतेलाई तोकिएको छ।  

शुक्रबार बसेको राष्ट्रिय सभाको बैठकमा सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना निर्वाचन मिति घोषणा गरेका हुन।  

उनले उपाध्यक्ष निर्वाचनको सुचना प्रकाशित गर्न राष्ट्रिय सभा सचिवालय सचिव डा. भरतराज गौतमलाई निर्देशन पनि दिएका छन्।  राष्ट्रिय सभामा शिक्षा मन्त्री शिशिर खनालले प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त नेपाल विश्वविद्यालय विधेयक २०७९ लाई दफावार छलफल गर्न विधायन व्यवस्थापन समितीमा पठाइयोस भन्ने प्रस्ताव पेश गरेका थिए।

प्रकाशित: १३ माघ २०७९ १०:३९ शुक्रबार

राष्ट्रिय सभा उपाध्यक्षको निर्वाचन