राजनीति

यातायात सुधारबारे छलफल आज

काठमाडौं- सार्वजनिक यातायात सुधारको विषयमा व्यवस्थापिका संसद्मा छलफल हुने भएको छ। विकास समिति सभापति रविन्द्र अधिकारीले सार्वजनिक यातायात सुधारका लागि पन्ध्र दिनअघि दर्ता भएको जरुरी सार्वजनिक महत्वको प्रस्तावमाथि आइतबारबाट छलफल गर्ने कार्यसूची रहेको जानकारी दिए।

'सार्वजनिक यातायात देखिएको समस्या समाधान कसरी गर्ने भनेर प्रस्ताव राखेका हौं,' अधिकारीले भने।

प्रकाशित: १२ भाद्र २०७३ ०२:१४ आइतबार

यातायात सुधारबारे छलफल