राजनीति

प्रदेशको सीमा निर्धारण गरेर मात्र गाउँ–नगरकाे सीमाङ्कन गर्नुपर्छः भट्टरार्इ

ललितपुर– नयाँ शक्ति पार्टीका संयोजक बाबुराम भट्टराईले संविधानमा सुनिश्चित गरिएका जनताका लोकतान्त्रिक अधिकारलाई कडाइका साथ कार्यान्वयन गरिनुपर्ने बताएका छन्।

ग्रिन काठमाडौं क्लिन काठमाडौं अभियान र ज्योतिदय सङ्घद्वारा आज यहाँ आयोजित वृक्षरोपण कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री तराई मधेसले गर्दैआएको आन्दोलनलाई सम्बोधन गरेर संविधान संशोधन गरिनुपर्ने बताए।

उनले सङ्घीय प्रदेशको सीमाङ्कन निर्धारण गरेर मात्र स्थानीय निकायको गाउँपालिका तथा नगरपालिकाको क्षेत्र निर्धारण गर्नु जरुरी रहेको बताए।

संविधानलाई कार्यान्वयन गरेर स्थानीय, प्रदेश र केन्द्रीय तहको निर्वाचन सम्पन्न गर्नु महत्वपूर्ण हुने उनको भनाइ थियो। रासस

प्रकाशित: ११ भाद्र २०७३ ०६:१९ शनिबार

प्रदेशको सीमा निर्धारण गरेर मात्र गाउँ–नगरकाे सीमाङ्कन गर्नुपर्छः भट्टरार्इ