राजनीति

सभापति देउवा उपचारका लागि सिङ्गापुर प्रस्थान

काठमाडौँ- नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा स्वास्थ्य उपचारका लागि सिङ्गापुर  गएका छन्। सभापति देउवा नियमित उपचारको सिलसिलामा धर्मपत्नी आरजु देउवाका साथ शुक्रबार  दिउँसो सिङ्गापुर प्रस्थान गरेका उनका स्वकीय सचिव भानु देउवाले  जानकारी दिए।

पेटको पाचन समस्याको उपचारका लागि सिङ्गापुर  गएका  सभापति देउवा यही भदौ १६ गते स्वदेश फर्कने छन्। काँग्रेसका तर्फबाट सरकारमा सहभागी हुने १३ जना मन्त्रीको शपथपछि उनी  आज त्यसतर्फ प्रस्थान गरेका हुुन्। रासस

प्रकाशित: १० भाद्र २०७३ ०९:२४ शुक्रबार

सभापति देउवा उपचारका लागि सिङ्गापुर प्रस्थान