राजनीति

प्रेमप्रसाद आचार्यको आत्मदाह राज्य संयन्त्र र सिष्टमको असफलता हो: गगन थापा

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले इलामका प्रेमप्रसाद आचार्यले गरेको आत्मदाह राज्य संयन्त्र र सिष्टमको असफलता भएको बताएका छन्।  

बुधबार थापाले सामाजिक सञ्जालमार्फत आचार्यले गरेको आत्मदाह राज्य संयन्त्र र सिष्टमको असफलता भएको बताएका हुन्।

उनले अब आरोप-प्रत्यारोप वा क्षणिक भावनात्मक आवेग भन्दा पनि उनले पत्रमा उठाएका विषय र प्रसंगलाई सम्बोधन गर्नुपर्ने बताएका छन्। 

उनले भनेका छन्, 'घटनाले आज दिनभर मनमा अनेकन कुरा खेलिरहेको छ। उनको अन्तिम पत्रमा उल्लेखित विषय र प्रसंगहरूले त झन पटक–पटक घोचीरहेको छ। यसो सोच्छु–उनको गरिखाने संघर्षका कुनै चरणमा केही भएको वा नभएको भए यस्तो हुँदैनथ्यो कि! फेरि सोच्छु–यो कुनै व्यक्तिको असफलता मात्रै होइन यो त हाम्रो राज्य संयन्त्र र समग्र सिष्टमको असफलता हो। म, हामी सिष्टम चलाउनेको असफलता हो। कुनै एउटा पक्षको सामान्य मर्मतले मात्र हाम्रो सिष्टम ठिक हुँदैन। गरिखाने मान्छेले न्यायोचित व्यवहार पाउन यो सिष्टम पूरै मर्मत गर्ने अठोट चाहिएको छ। अब आरोप–प्रत्यारोप वा क्षणिक भावनात्मक आवेग भन्दा पनि उनले पत्रमा उठाएका विषय र प्रसंगलाई सम्बोधन गर्न निरन्तर लागिरहने अठोट गर्न सकियो भनेमात्र यस्तो निराशा र विष्मय कोही नागरिकले भोग्नु नपर्ला!'

प्रकाशित: ११ माघ २०७९ १४:०३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App