राजनीति

राष्ट्रपतिमा उम्मेदवारी दिने कांग्रेसको निर्णय

नेपाली कांग्रेसले राष्ट्रपतिमा उम्मेदवारी दिने निर्णय गरेको छ।

सोमबार बिहान बसेको पदाधिकारी र पूर्वपदाधिकारीको बैठकले राष्ट्रपतिमा उम्मेदवारी दिने निर्णय गरेको कांग्रेस प्रवक्ता प्रकाशशरण महतले जानकारी दिए।

उनले बैठकमा विशेष गरी आउँदो राष्ट्रपतिको चुनावलाई केन्द्रीत भएरै छलफल भएको बताए।

समयमै राष्ट्रपति निर्वाचन हुनुपर्ने भन्दै उनले कुनै पनि कारणले चुनाव पछि सार्न नहुने अडानमा कांग्रेस रहेको बताए।

प्रकाशित: ९ माघ २०७९ ०७:०८ सोमबार

प्रकाशशरण महत नेपाली कांग्रेस