राजनीति

उपसभामुख इन्दिरा रानाले राष्ट्रिय स्वतन्त्र पार्टी छोडिन

फाइल तस्बिर

उपसभामुख इन्दिरा रानामगर राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा छोडेको जानकारी दिएकी छिन्।राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाबाट समानुपातिक सांसदमा निर्वाचित  राना उपसभामुखमा निर्वाचित भएपछि पार्टीबाट अलग भएकी हुन्।

आज  बिहान विज्ञप्ति जारी गर्दै उनले पदको भूमिकालाई स्वतन्त्र, निष्पक्ष, मर्यादित र विश्वसनीय बनाउन पार्टीको सम्पूर्ण राजनीतिक तथा सांगठनिक जिम्मेवारीबाट अलग भएको जानकारी गराएकी हुन्।  

माघ ७ गते विहिबार राना सत्ता गठबन्धनका तर्फबाट उपसभामुखमा निर्वाचित भएकी हुन्।

प्रकाशित: ९ माघ २०७९ ०५:१२ सोमबार