राजनीति

बिरालोले दुध ढुकेझैँ, संविधान च्यात्न पूर्वप्रधानमन्त्रीहरू ढुकेर बसेका छन्ः सांसद चौधरी

नेकपा (एकीकृत समाजवादी) का सांसद मेटमणि चौधरीले नेपालको संविधान च्यात्न पूर्वप्रधानमन्त्रीहरु नै मौका ढुकेर बसेको आरोप लगाएका छन्।   शनिबार प्रतिनिधि सभाको बैठकबा बोल्दै सांसद चौधरीले यस्तो आरोप लगाएका हुन्। 

उनले पूर्व प्रधानमन्त्रीहरु नै अर्बौं भ्रष्टाचारहरु सिस्टम मिलाएर गर्न लागिपरेको बताए। उनले आफूलाई मन लागेको कानून राष्ट्रपतिसँगसेटिब मिलाएर गरिरहेको बताए। उनले अहिले पनि नेपालको संविधान धेरै शंकटमा रहेको बताए।  

उनले भने, ‘आज हामीले लाख, करोड, अर्बका भ्रष्टाचारहरु सिस्टम मिलाएर गरिरहेका छौँ। यो कुरामा स्वयं प्रधानमन्त्रीहरुले नै देशको ढाकछोप गरिरहेको घटनाहरु धेरै छ। प्रधानमन्त्री, सम्बन्धित व्यक्तिहरु धेरै छन्। आफूलाई मन लागेको कानून मन लागेको दिनमा राष्ट्रपतिसँग सेटिब मिलाएर गरिरहेका छौँ।यसलाई ताजा जनादेशको रुपमा डिफाइन्स समेत गरिरको छौँ। यसलाई सत्य सावित गर्न झुटको खेती गरिरहेका छौँ। तर्क गरिरहेका छौँ। यस्ता कुतर्क गर्नेलाई नेपालको संविधानअनुसार राम्रोसँग कोचिब क्लासको व्यवस्था गरेर सिकाउनु पर्छ। आजपनि बाघले मान्छेको शिकार गर्न झम्टिएझैँ, बकुल्लाले माछा, बिरालोले दुध ढुकेझैँ अहिले पनि नेपालको संवैधानिक व्यवस्थामाथि च्यात्न, ध्वस्त गर्न नेपालका पूर्व प्रधानमन्त्री नाम सबैलाई थाहै छ, उहाँले ढुकेर बसिरहनुभएको छ, यस्ता व्यक्ति संसदमा जबर्जस्ती भयो भने नेपालको संविधान च्यातिन सक्छ। कानूनी राज्य समाप्त हुनसक्छ।’

सांसद चौधरीले संसदमा संविधानको कुतर्क गर्ने व्यक्ति रहेसम्म संविधान च्यातिने सम्भावना कायम रहने बताए।

प्रकाशित: ७ माघ २०७९ ०९:२३ शनिबार

नेकपा (एकीकृत समाजवादी) का सांसद मेटमणि चौधरी