राजनीति

प्रोटिनको कमीका कारण नेपामा ठूलो संख्यामा कुपोषणको समस्या आइरहेको छः मन्त्री साह

फाइल तस्बिर।

कृषि तथा पशुुपंक्षी विकासमन्त्री ज्वालाकुमारी साहले नेपालमा पोषक तत्व प्रोटिनको उपलब्धता पर्याप्त नभएको बताएकी छन्।

शनिबार काठमाडौंमा आयोजित दोस्रो संस्करणको राइट टु प्रोटिन रन हाफ म्याराथन कार्यक्रममा बोल्दै उनले गरिबी समुदायको बालबालिकाहरुको प्रोटिनको कमीका कारण नेपामा ठूलो संख्यामा कुपोषणको समस्या आइरहेको बताइन्। उनले बालबालिकाको उमेरअनुसार समग्र विकासमा सन्तुलित आहारको आवश्यक्ता भएपनि आवश्यक प्रोटिनको उपलब्धता नहुँदा विभिन्न रोगहरुको शिकार भइरहेको बताइन्।

‘पोषक तत्व प्रोटिनको उपलब्धता नेपालमा पर्याप्त छैन। गरिबी समुदायको बालबालिकाहरुको प्रोटिनको कमीका कारण नेपामा ठूलो संख्यामा कुपोषणको समस्या रहेको देखिन्छ’, उनले भनिन्, ‘बालबालिकाको उमेरअनुसार समग्र विकासमा समेत सन्तुलित आहारको आवश्यक्ता हुन्छ। र त्यसैले सबै जनताको पहुँचमा यसको बिस्तार गर्न आवश्यक रहेको छ।’

किसानहरुले कुखुराको आहारको उचित मूल्य नपाएको र बर्डफ्लुबाट भएको क्षतिको आवश्यक क्षतिपूर्ति पनि नपाइरहेको उनले बताइन्। बर्ड फ्लुबाट भएको क्षतिअनुसार क्षतिपूर्ति दिन मन्त्रालय तयारी गरिरहेको उनको भनाई थियो।  

उनले भनिन्, ‘अण्डा र कुखुराको मासुमा नेपाल लगभग आत्मनिर्भर रहेको छ। तर किसानहरु बर्डफ्लु दानाको उचित मूल्य नपाउँदा चिन्तित छन्, बर्ड फ्लुबाट परेको असरलाई कम गर्न साना कृषकलाई लगानी अनुसारको प्रतिफल पाउन संघर्ष गरिरहेको समस्याबाट ग्रस्त छ। बर्ड फ्लुको क्षतिको नियमानुसार क्षतिपूर्ति दिलाउन मन्त्रालय लागिपरेको छ।’

मन्त्री साहले कृषि तथा पशुजन्य उत्पादनहरु बढाइ कृषिमा आत्मनिर्भर हुन लागिपरेको बताइन्।

प्रकाशित: ७ माघ २०७९ ०७:१७ शनिबार

ज्वालाकुमारी साह