राजनीति

उपसभामुखको उम्मेदवार टुंगो लगाउन रास्वपा संसदीय दलको बैठक बस्दै

उपसभामुखको उम्मेदवार टुंगो लगाउन आज राष्ट्रिय स्वतन्त्र पार्टीको संसदीय दलको बैठक बस्दैछ। बैठक पार्टीको संसदीय दलको कार्यालय सिंहदरबारमा  बस्दैछ।

पार्टीले सत्ता गठबन्धनबाट उपसभामुखमा दाबी गरेको थियो। सत्ता गठबन्धनको बैठकले रास्वपालाई उपसभामुख पद दिने निर्णय समेत गरेको थियो। सोही अनुसार पार्टीले आज संसदीय दलको बैठबाट उपसभामुखको उम्मेदवार टुंगो लगाउन लागेको हो।

प्रकाशित: ६ माघ २०७९ ०३:४२ शुक्रबार

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)