राजनीति

नयाँ शक्ति विद्यार्थी नेताद्वारा संगठन परित्याग, क्रान्तिकारी प्रवेश

अधिकारीको विज्ञप्ति

काठमाडौं— डा.बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति नेपालको विद्यार्थी संगठनका केन्द्रीय सचिवालय सदस्य तथा मध्य पश्चिमाञ्चल विश्वविद्यालय केन्द्रीय संयोजक हर्कदेव अधिकारीले संगठन परित्याग गरेका छन्।

सुशासन र आर्थिक सम्वृद्धि केवल नारामा मात्र सीमित रहेको उनले आरोप लगाएका छन्। अधिकारले नयाँ शक्तिलाई अराजनीतिक स्वार्थ केन्द्रित समूहको संज्ञा दिएका छन्।

सुशासन र आर्थिक सम्वृद्धि केवल नारामा मात्र सीमित रहेको उनले आरोप लगाएका छन्। अधिकारले नयाँ शक्तिलाई अराजनीतिक स्वार्थ केन्द्रित समूहको संज्ञा दिएका छन्।
 

‘पार्टीको स्पष्ट राजनीतिक दर्शन र विधि पद्धति तथा सांगठनिक अनुशासन नभएको एउटा अराजनीतिक समिश्रणबाट बनेको स्वार्थ केन्द्रित झुण्डले देशको समग्र प्रगति कुनै कोणबाट पनि पूरा गर्न नसक्ने ठहर गर्दै आजैका मितिदेखि नयाँ शक्ति विद्यार्थी युनियनको केन्द्रीय सचिवालय सदस्य र नयाँ शक्ति नेपाल पार्टी परित्याग गरेको घोषणा गर्दछु’, उनले भनेका छन्।

नयाँ शक्तिको त्यागेका अधिकारीले मओवादी केन्द्रको विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) प्रवेश गरेका छन्।

‘मध्यमपश्चिम विश्वविद्यालयका नयाँ शक्ति विद्यार्थी युनियनको चुनावी कार्यक्रम अध्यक्षता गरेका हर्कदेव अधिकारी अखिल९क्रान्तिकारी०का प्रवेश गर्नुभएको छ,उहाँलाई हार्दिक हार्दिक स्वागतम्ु, क्रान्तिकारीका प्रवक्ता सुरेन्द्र बस्नेतले फेसबुकमा लेखेका छन्।
 

प्रकाशित: ३१ श्रावण २०७३ ०७:५२ सोमबार

शक्ति विद्यार्थी नेताद्वारा संगठन परित्याग क्रान्तिकारी प्रवेश