राजनीति

तेस्राे पटक सरकार विस्तार, माअाेवादीका पाँच मन्त्रीद्वारा शपथ

राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रपति कार्यालयमा आइतबार आयोजित समारोहमा जनार्दन शर्मा (उर्जा), हितराज पाण्डे (सङ्घीय मामिला तथा स्थानीय विकास), सुरेन्द्र कार्की (सूचना तथा सञ्चार), अजयशङ्कर नायक (कानुन, न्याय तथा संसदीय मामिला) र धनीराम पौडेल (विना व

काठमाडौँ-प्रधानमन्त्री पुष्पकमल दाहालले आज तेस्रो पटक मन्त्रिपरिषद् विस्तार गरेका छन्। राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रपति कार्यालयमा अाइतबार  आयोजित एक विशेष समारोहमा पाँचजना मन्त्रीलाई पद तथा गोपनीयताको शपथ दिलाएकी हुन्।

विस्तारित मन्त्रिपरिषद्मा जनार्दन शर्मा (ऊर्जा), सुरेन्द्र कुमार कार्की (सूचना तथा सञ्चार), हितराज पाण्डे (सङ्घीय मामिला तथा स्थानीय विकास), अजयशङ्कर नायक (कानुन, न्याय तथा संसदीय मामिला) र धनीराम पौडेल (विना विभागीय) ले मन्त्री पदको शपथ लिएका हुन्।

समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री दाहाल, उपप्रधानमन्त्रीद्वय विमलेन्द्र निधि र कृष्णबहादुर महरा, मन्त्रीहरु, संवैधानिक निकायका प्रमुख, सरकारका मुख्य सचिव, संसद् सचिवालयका महासचिव, सुरक्षा निकायका प्रमुखहरु, सरकारका सचिवलगायत उच्चपदस्थ पदाधिकारी उपस्थित थिए।

प्रधानमन्त्री दाहालले आजै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा चारजना राज्यमन्त्रीलाई शपथ खुवाएका छन्। श्रीप्रसाद जवेगु (सङ्घीय मामिला तथा स्थानीय विकास), सत्यनारायण भगत (ऊर्जा), राधिका तामाङ (कृषि विकास) र धनमाया विक (विना विभागीय) ले शपथ लिएका हुन्। रासस

प्रकाशित: ३० श्रावण २०७३ ११:२१ आइतबार

तेस्राे पटक सरकार विस्तार माअाेवादीका मन्त्रीद्वारा शपथ