राजनीति

ताेकिएकाे समयभित्र निर्वाचन नभए संवैधानिक संकट : श्रेष्ठ

काठमाडौं–संघीय समाजवादी फोरम नेपालका सह–अध्यक्ष राजेन्द्र श्रेष्ठले ०७४ माघ ७ भित्र निर्वाचन सम्पन्न नभए मुलुकमा अर्को खिलराज जन्मिने दाबी गरेका छन् । आइतबार राजधानीमा रिपोर्टस् क्लबले आयोजना गरेको साक्षात्कारमा श्रेष्ठले संविधान अनुसार आगामी ०७४ माघ ७ भित्र तीनवटै निकायको निर्वाचन सम्पन्न  गनुपर्ने भन्दै संविधान संशोधनमा एमाले बाधक बने मुलुकमा अर्को खिलराज रेग्मी  जन्मिने दाबी गरे।

अघिल्लो सरकारले आफूहरुले उठाएका मुद्दालाई बेवास्ता गरेको उल्लेख गर्दै काँग्रेस–माओवादी केन्द्रबीच बनेको गठबन्धनले सहमति कार्यान्वयन गर्नेमा आफूहरु विश्वस्त रहेको उनले जनाए। उनले स्थानीय निकाय पुर्नसंरचना सम्बन्धी आयोगले अघि सारेको संख्या नसच्याए स्थानीय निकाय निर्वाचन हुन नसक्ने दाबी गरे।

उनले सीमाकंन आयोगले अघि सारेको सिफारिश पनि झनै विवादस्पद रहेको आरोप लगाए । सरकारलाई दिएको समर्थन गठबन्धनले फिर्ता लिने हल्ला गलत भएको बताउँदै भने,‘यो अफवाह हो ।’ गठबन्धनले वर्तमान सरकारलाई सशर्त समर्थन गरेको उल्लेख गर्दै भने,‘हामीले सरकारमा जान्छौं भनेकै थिएनौं नि, हामीले त सशर्त समर्थन गरेको हो, तर यसको मतलव हामी सत्तापक्ष भयौं भन्ने कुरा गलत हो ।’

 

प्रकाशित: ३० श्रावण २०७३ ११:०० आइतबार

ताेकिएकाे समयभित्र निर्वाचन नभए संवैधानिक संकट श्रेष्ठ