राजनीति

जनमोर्चाले ‘छातीमा मुड्कीले हानेर’ ईश्वरी न्यौपानेलाई मतदान गर्छः सांसद केसी

फाइल तस्बिर

राष्ट्रिय जनमोर्चाका सांसद चित्रबहादुर केसीले छातीमा मुड्कीले हानेर सभामुखको उम्मेदवारमा नेपाली काँगेसकी ईश्वरी न्यौपानेलाई समर्थन गर्ने बताएका छन्।

उनले बिहीबारको संसद बैठकमा सभामुखको मतदान पूर्व उक्त कुरा बताएका हुन्। ‘छातीमा मुड्कीले हानेर हामीले ईश्वरी न्यौपानेलाई मतदान गर्छौ’, सांसद केसीले भने।

यद्यपी उनले प्रधानमन्त्री पुष्पकमल दाहाललाई विश्वासको मत दिएर नेपाली काँग्रेसले गलत निर्णय गरेको बताए। ‘काँग्रेसले प्रधानमन्त्रीलाई समर्थन नगरेर प्रतिपक्षमा बस्न किन सकेन?’, सांसद केसीले प्रश्न गरे। 

उनले नेपालको गणतन्त्र धरापमा रहेको आशंका व्यक्त गरे। ‘शक्ति केन्द«हरु आफुले चाहेको खेल नेपालमा खेल्दैछन्। सरकारको तस्वीरले त्यो देखिएकोछ’, केसीले भने। 

उनले संसदको बनावट, सरकार बनेको प्रक्रिया, सरकारमा सामेल व्यक्तिहरुको विगत र वर्तमानले देश झन झन अप्ठेरो स्थितीमा पुगेको बताए। ‘त्यसैले राष्ट्रिय जनमोर्चा प्रतिगमन सच्चिएको कुरामा टुङगोमा पुगेको छैन’, सांसद केसीले भने।

प्रकाशित: ५ माघ २०७९ ०८:४२ बिहीबार

चित्रबहादुर केसी