राजनीति

सरकारलाई रचनात्मक सहयोग गर्छौं– गच्छदार

विराटनगर– मधेसी जनअधिकार फोरम नेपाल (लोकतान्त्रिक)का अध्यक्ष विजयकुमार गच्छदारले वर्तमान सरकारलाई आफ्नो पार्टीले रचनात्मक सहयोग गर्ने बताएका छन्।

विराटनगर विमानस्थलमा शनिबार दिउँसो पत्रकारसँग कुरा गर्दै उनले मधेसी, आदिवासी जनजाति र थारूलगायतको अधिकारका लागि संविधान संशोधन र कार्यान्वयनका लागि सरकारलाई रचनात्मक सहयोग गरिने स्पष्ट पारे। संविधान संशोधन र कार्यान्वयनका लागि फोरम (लोकतान्त्रिक)सहित चार शक्ति एक ठाउँमा हुनुपर्ने उल्लेख गर्दै उनले यसका लागि नेकपा (एमाले)का साथै राप्रपा नेपाललाई पनि विश्वासमा लिनका लागि सरकारले पहल गर्नुपर्ने धारणा प्रकट गरे।

सीमाङ्कनको संशोधन नभई नमान्ने अडानमा बसेका संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले गरेको तीनबुँदे सहमतिमा प्रदेशको सीमाङ्कनको किन उल्लेख नगरेको भन्ने प्रश्न गर्दै उनले तीनबुँदै सहमति गरेर जे भए पनि संविधानको प्रावधानमा मोर्चा प्रवेश गरेकामा उनले खुसी व्यक्त गरे। रासस

प्रकाशित: २९ श्रावण २०७३ ११:१७ शनिबार

सरकारलाई रचनात्मक गर्छौं– गच्छदार