राजनीति

राप्रपा एकीकरण प्रयत्न कायमैः अध्यक्ष जबरा

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टीले राप्रपा नेपालसँग पुनःएकीकरणको प्रयत्न गर्ने भएको छ। राजधानीमा बिहीबार आयोजित पत्रकार सम्मेलनमा पार्टीका अध्यक्ष पशुपतिशम्शेर जबराले राष्ट्रवादी शक्तिबीच एकताको खाँचो औँल्याउँदै अन्तरिम विधान परिमार्जन भएपछि पार्टी एकता हुने विश्वास व्यक्त गरे।

उनले आफ्नो पार्टीले विधान अध्ययनका लागि केही समय माग गरेकाले यही साउन २५ गते गर्ने भनिएको एकीकरणको घोषणा हुन नसकेको प्रस्ट पारे।

राप्रपा नेपालले सोही दिन नै दुई पार्टीबीच एकीकरण अध्याय अन्त्य भएको घोषणा गरेको थियो। अन्तरिम विधानमा राप्रपा नेपालका अध्यक्षलाई बढी अधिकार प्रत्यायोजन गरिएकाले त्यसलाई संशोधन गर्नुपर्ने बताइएको छ। रासस

 

प्रकाशित: २७ श्रावण २०७३ १४:३० बिहीबार

राप्रपा एकीकरण प्रयत्न कायमैः अध्यक्ष जबरा