राजनीति

राजनीतिक दलहरु एकजुट हुनुपर्छः सभामुख घर्ती

तुलसीपुर (दाङ)– सभामुख ओनसरी घर्तीले संविधानको सफल कार्यान्वयनका लागि सबै राजनीतिक दलहरु एकजुट हुनुपर्ने बताएका छन्।

आदिवासी जनजाति पत्रकार महाङ्सघ रोल्पाको १७ औँ स्थापना दिवसका अवसरमा आज रोल्पाको लिवाङमा आयोजित शुमकामना आदानप्रदान कार्यक्रममा उहाँले आफू कुनै राजनीतिक दल र क्षेत्रको भन्दापनि सिङ्गो नेपाल र नेपाली जनताको विकास निर्माणको कार्यभार लिएर अगाडि बढेको बताए।

संविधानमा छुटेका विषयलाई संशोधन गरेर लैजान सकिने उनको भनाइ छ। रासस

 

प्रकाशित: २७ श्रावण २०७३ १४:२६ बिहीबार

राजनीतिक दलहरु एकजुट हुनुपर्छः सभामुख घर्ती