राजनीति

स्वतन्त्रबाट वडाध्यक्ष जितेका भट्टराई एमाले प्रवेश

सर्लाहीको लालबन्दी नगरपालिकाका एक स्वतन्त्र वडा अध्यक्ष एमाले प्रवेश गरेका छन्। गत स्थानीय तहको निर्वाचनमा वडाध्यक्षमा स्वतन्त्र रुपमा चुनाव लडेर जितेका सर्लाहीको लालबन्दी नगरपालिका १ का वडाध्यक्ष हरि बहादुर भट्टराई नेकपा एमालेमा प्रवेश गरेका छन्।

वडाध्यक्ष भट्टराईसँगै निर्वाचित वडा सदस्यहरु अशोक कुमार महतो, जुनुमाया पाख्रिन, सुमित्रा देवी राम पनि एमालेमा प्रवेश गरेका छन्।

एमाले मधेश प्रदेश उपाध्यक्ष रेवती पन्त, जिल्ला अध्यक्ष राज नारायण साह तथा जिल्ला इन्चार्ज कमलादेवी महतोलगायतले एक समारोहबिच वडाध्यक्षसहितलाई एमालेमा प्रवेश गराएका हुन्।

एमालेमा प्रवेश गर्दै वडाध्यक्ष भट्टराईले आफ्नो पुरानो घरमा पुनः फर्किन पाएकामा खुसी व्यक्त गरेका छन्।

पहिलेदेखि एमालेमै रहेको भट्टराईलाई नेकपा एमालेले वडाध्यक्षको टिकट नदिएपछि स्वतन्त्र उम्मेदवारको हैसियतमा प्यानल नै बनाएर चुनाव लडेका थिए। वडाध्यक्षमा जितेको करिब आठ महिनापछि भट्टराई पुनः एमालेमा फकिएका हुन्। 

प्रकाशित: ३ माघ २०७९ १२:३९ मंगलबार

हरि बहादुर भट्टराई