राजनीति

नेविसंघका विद्यार्थी नेता सापकोटा र ढुङ्गेलको अनशन तोडियो

फाइल तस्बिर

काठमाडौं– विधानसम्मत महाधिवेशनको माग गर्दै १२ दिनदेखि आमरण अनशन बस्दै आउनुभएका नेविसङ्घका पूर्वकेन्द्रीय सदस्य गणेश सापकोटा र रामेछाप जिल्ला पूर्वउपाध्यक्ष रत्नहरि ढुङ्गेलले बुधबार अनशन तोडेका छन्।

प्रतिनिधि विवाद मिलेपछि उनीहरुले अनशन तोडेकाे नेविसङ्घका नेता सुशील भट्टले जानकारी दिए। काँग्रेस सभापति शेरबहादुर देउवा र कृष्णप्रसाद सिटौलालगायतका नेताले उनीहरुलाई जुस खुवाएर अनशन तोडाएका हुन्।

विधानविपरीत ल्याइएको प्रतिनिधि खारेज गर्नुपर्ने, वास्तविक प्रतिनिधि मात्र कायम गर्नुपर्ने, अधिवेशन गर्न बाँकी रहेका उपत्यकासाथै अन्य जिल्लामा वैधानिक तवरले अधिवेशन गर्नुपर्नेलगायतका माग राखी उनीहरू साउन १५ गतेदेखि आमरण अनशनमा थिए। रासस
 

प्रकाशित: २६ श्रावण २०७३ १२:१२ बुधबार

नेविसंघका विद्यार्थी नेता सापकोटा ढुङ्गेलको अनशन तोडियो