राजनीति

माओवादीबाट रेखा शर्मा, सुदन किरांती र अमनलाल मोदी मन्त्री बन्ने

अमनलाल मोदी,रेखा शर्मा र सुदन किरांती।

नेकपा माओवादी केन्द्रबाट सांसद रेखा शर्मा, सुदन किरांती र अमनलाल मोदी मन्त्री बन्ने भएका छन्। आज बिहान बालुवाटामारमा बसेकाे पदाधिकारी बैठकले उनीहरुलाई मन्त्री बनाउने निर्णय गरेको हो।

शर्मा सञ्चार मन्त्री, किरांती संस्कृति पर्यटन मन्त्री र मोदी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री बन्ने भएका छन्।

माओवादीबाट पुष्पकमल दाहाल प्रधानमन्त्री र वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ उपप्रधान तथा भौतिक योजना तथा यातायात मन्त्री भइसकेका छन्।

प्रकाशित: ३ माघ २०७९ ०४:४० मंगलबार

नेकपा माओवादी केन्द्र