राजनीति

माओवादीबाट मन्त्री छान्ने जिम्मा दाहाललाई

काठमाडौं- नेकपा माओवादी (केन्द्र) को हेडक्वार्टर बैठकले मन्त्री छान्ने जिम्मा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष पुष्पकमल दाहाललाई दिएको छ।

पार्टीबाट मन्त्रिमण्डलमा जानेहरुको नाम टुंगो लगाउन मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा माओवादी हेडक्वार्टर बैठक बसेको थियो।

'मन्त्रिमण्डलमा जाने नामबारे छलफल भएन', माओवादी प्रवक्ता पम्फा भुषालले नागरिक न्युजसँग भनिन्, 'समावेशी, सक्ष्यम र आफुलाई सहज हुने गरी मन्त्री छान्ने जिम्मा प्रधानमन्त्रीलाई नै दिइएको छ।' यस्तै बैठकले आगामी भदौ २ गतेका लागि तय गरिएको केन्द्रीय महाधिवेशन आयोजक समितिको बैठक आगामी भदौ १० गतेपछि आयोजना गर्ने निर्णय गरेको छ।

माओवादी केन्द्रले ययअघि उपप्रधानमन्त्री एवम् अर्थमन्त्रीमा कृष्णबहादुर महरा, कृषि विकास मन्त्रीमा गौरीशङ्कर चौधरी र युवा तथा खेलकुद मन्त्रीमा दलजित श्रीपाइलीलाई पठाएको छ।

बैठकले सरकार गठन भए पछि भएका निर्णयहरुको समिक्षा समेत गरेको थियो। कांग्रेसले मन्त्री टुंगो लगाउन नसक्दा माओवादीमा पनि ढिलाइ भएको जनाइएको छ। स्रोतका अनुसार शिक्षामन्त्रालय कांग्रेसलाई दिने वा माओवादीले नै राख्ने भन्नेमा पनि दुई पार्टीबीच छलफल भइरहेको छ।

 

प्रकाशित: २५ श्रावण २०७३ १४:२८ मंगलबार

माओवादीबाट मन्त्री छान्ने जिम्मा दाहाललाई