राजनीति

आन्तरिक उडानका सबै विमानको प्राविधिक परीक्षण गर्न सरकारको निर्देशन

आन्तरिक उडानका सबै विमानहरुको प्राविधिक परीक्षण गर्न सरकारले निर्देशन दिएको छ।

मन्त्रिपरिषदको बालुवाटारमा आज बसेको बैठकले आन्तरिक उडानका सबै विमानहरुको प्राविधिक परीक्षण गर्न निर्देशन दिएको हो।

आज ७२ जना सवार यति एयरलाइन्सको विमान पोखरामा दुर्घटना भएपछि बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले पूर्व सचिव नागेन्द्र घिमिरेको नेतृत्वमा जाँच आयोग पनि बनाएको छ।

काठमाडौंंबाट पोखरा आएको यति एयरलाइन्सको जहाज दुर्घटनामा दुर्घटनामा परेको छ। काठमाडौंबाट पोखराका लागि उडेको जहाज अवतरणको क्रममा पुरानो विमानस्थल नजिकै दुर्घटनामा परेको हो।  

प्रकाशित: १ माघ २०७९ ०९:१४ आइतबार

आन्तरिक उडान प्राविधिक परीक्षण