राजनीति

राप्रपा विद्यार्थी अनशन बस्ने

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टीको भ्रातृसंगठन राष्ट्रिय प्रजातन्त्रिक विद्यार्थी संगठनका पदाधिकारी रिले अनशन बस्ने भएका छन्।

पार्टीले संगठनका पदाधिकारीसँग छलफल नै नगरी कार्यसमिति भंग गरेको विरोधमा उनीहरूले अनशन बस्नेलगायत आन्दोलन कार्यक्रम घोषणा गरेका हुन्। पहिलो चरणको आन्दोलनबाट माग पूरा नभएपछि उनीहरूले दोस्रो चरणको आन्दोलन सुरु गरेका हुन्। 

संगठनले माग सम्बोधन गर्न पार्टी अध्यक्ष पशुपतिसमशेर राणालाई शुक्रबार ज्ञापन पत्रसमेत बुझाएका छन्। आन्दोलनका अन्य कार्यक्रममा पार्टीका सांसदलाई संसद् भवनमा प्रवेशमा रोक लगाउने, पार्टी कार्यालयलाई अनिश्चितकालिन बन्द गराउनेलगायत कार्यक्रम छन्।

प्रकाशित: २२ श्रावण २०७३ ०३:१० शनिबार

राप्रपा विद्यार्थी अनशन बस्ने