राजनीति

नवनिर्वाचित प्रम दाहालको निर्वाचन क्षेत्र सिराहामा दीपावली

सिराहा–संविधान सभा निर्वाचनमा विजयी भएका सांसद पुष्पकमल दाहाल देशको प्रधानमन्त्री बनेपछि सिराहामा दीपावली गरिएको छ। माओवादी केन्द्रका अध्यक्ष दाहाल सिराहा क्षेत्र नं. ५ बाट निर्वाचित भएका थिए।

मिर्चैयाबासीले मतदान गरेर सांसद बनेका दाहाल प्रधानमन्त्री निर्वाचित भएको भन्दै उनीहरुले दीपावली र पटाका पड्काएर खुसियाली मनाएका छन्।

मिर्चैयाको कटारी चोकमा बुधबार बेलुका जुटेर दीपावली गरिएको र स्थानीयले मधेसका माग पूरा हुने अपेक्षा समेत आशा गरेका उद्योग बाणिज्य संघ सिराहाका वरिष्ठ उपाध्यक्ष अशोक कुमार शाहाले बताए।

दाहालले एमालेका लिलानाथ श्रेष्ठलाई संविधान सभा निर्वाचनमा पराजित गरेका थिए।

प्रकाशित: १९ श्रावण २०७३ १३:३६ बुधबार

नवनिर्वाचित प्रम दाहालको निर्वाचन क्षेत्र सिराहामा दीपावली