राजनीति

प्रधानमन्त्री निर्वाचन प्रक्रिया सुरु

व्यवस्थापिका संसदमा सहभागी सांसदहरू। तस्बिर: दिपेश श्रेष्ठ

काठमाडौं–व्यवस्थापिका संसदमा नयाँ प्रधानमन्त्री निर्वाचन प्रक्रिया सुरु भएको छ। प्रधानमन्त्रीमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको मात्र उम्मेदवारी परेको छ। उनलाई नेपाली कांग्रेसहित अन्य १६ दल  र एक स्वतन्त्र  सांसदले सथर्मन गरेका छन्।

एमाले ,राप्रपा नेपाल र नेपाल मजदुर किसान पार्टीले दाहालको विपक्षमा मतदान गर्ने निर्णय गरिसकेका छन्। प्रधानमन्त्रीमा दाहालको मात्र उम्मेद्वार परेपनि व्यवस्थापिका संसद कार्यसंचालन नियमावली अनुसार मत विभाजन गर्नुपर्ने हुन्छ।

 

प्रकाशित: १९ श्रावण २०७३ ०९:१८ बुधबार

प्रधानमन्त्री निर्वाचन प्रक्रिया सुरु