राजनीति

प्रधानमन्त्री ओलीले आजै बालुवाटार छाड्ने, संसदबाट सिधै बालकोट जाने

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओली आजै प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार छोडेर आफ्नो जिनी निवास भक्तपुरको बालकोट सर्ने भएका छन्।  व्यवस्थापिका संसदको बैठकले आज नयाँ प्रधानमन्त्री चयन गरेपछि उनी संसद बैठकबाट सिधै आफ्नै निजी निवास जाने उनका प्रेस सल्लाहकार प्रमोद दाहालले जनाएका छन्।

‘प्रधानमन्त्री ओली व्यवस्थापिका संसदको बैठकबाट सिधै बालकोट जानुहुने छ,’ प्रेस सल्लाहकार दाहालद्वारा जारी प्रेस नोटमा भनिएको छ, ‘नयाँ निर्वाचित प्रधानमन्त्रीलाई प्रधानमन्त्रीको सरकारी निवासमा सर्न उपयुक्त वातावरण निर्माण होस् भन्ने उद्देश्यले प्रधानमन्त्री आजै आफ्नो निजी निवास बालकोट सर्न लाग्नु भएको हो।’

नयाँ प्रधानमन्त्रीको सपथ ग्रहणका समारोहमा ओली आफ्नो निजी निवासबाटै जाने पनि जनाइएको छ।
आज व्यवस्थापिका संसद बैठकमा सहभागी हुन जानुअघि प्रधानमन्त्रीले प्रधानमन्त्री निवास बालुवाटारस्थित सचिवालयको हातामा पीपलको विरुवा रोपेका छन्।

प्रधानमन्त्रीले सुरक्षाकर्मी, सचिवालयका कर्मचारी र सहयोगीहरुसँग छुट्टाछुट्टै भेटेर उनीहरुले अाफ्नाे कार्यकालमा पुर्याएको सहयोगका लागि धन्यबाद पनि दिइसकेका सल्लाहकार दाहालले जनाएका छन्।

 

प्रकाशित: १९ श्रावण २०७३ ०६:३२ बुधबार

प्रधानमन्त्री ओलीले आजै बालुवाटार छाड्ने संसदबाट सिधै बालकोट जाने