राजनीति

कांग्रेस–माओवादी र मधेसी मोर्चाबीच तीन बुँदे सहमति

काठमाडौं–नेपाली कांग्रेस, माओवादी केन्द्र र मधेसी मोर्चाबीच तीन बुँदे सहमति भएको छ।

बुधबार बसेको त्रिपक्षीय बैठकमा नयाँ सरकारले मन्त्रिपरिषद बैठकबाट मोर्चाले उठाउँदै आएको मधेसी आन्दोलनका क्रममा मृत्यु भएकालाई सहिद घोषणा गर्ने, मृतकका परिवारलाई क्षतिपूर्ति, घाइतेको निशुल्क उपचार, पक्राउ परेका कार्यकर्ता रिहा  गर्ने, दोस्रो चरणमा निश्चित समयभित्र संविधान संशोधनमार्फत सीमाकंलनलगायतका विषयमा सहमति गर्ने र मधेसी मोर्चाले प्रधानमन्त्रीका उम्मेद्वार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई मतदान गर्ने निर्णय गरेको राष्ट्रिय मधेस समाजवादी पार्टीका महासचिव केशव झाले जानकारी दिए।   योसँग दाहालको पक्षमा संघीय गठबन्धनले मतदान गर्ने छ।

 

कांग्रेस–माओवादी मधेसी मोर्चाबीच बुँदे सहमति