राजनीति

सरकारमा सहभागी हुने विषयमा राप्रपा नेपाल टुङ्गोमा पुगेन

काठमाडौँ-राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालले सरकारमा सहभागी हुने वा नहुने विषयमा आज टुङ्गोमा पुग्न सकेन।

पार्टी पदाधिकारी तथा संसदीय दलको आज बसेको बैठकले राप्रपासँग एकीकरणका लागि अन्तिम प्रयास गरी सरकारमा सहभागी हुने तथा नहुने भन्ने बारेमा साझा धारणा बनाउन भोलि बिहान ९ बजे पुनः बैठक बस्ने पार्टीका प्रवक्ता राजाराम श्रेष्ठले जानकारी दिए।

आजको बैठकमा अधिकांश नेताले अब बन्ने सरकारमा सहभागी नहुनका लागि सुझाव दिएका थिए । यसअघि राप्रपा सरकारमा जाने तयारी गरिसकेको छ । रासस

 

प्रकाशित: १८ श्रावण २०७३ १४:२२ मंगलबार

सरकारमा सहभागी हुने विषयमा राप्रपा नेपाल टुङ्गोमा पुगेन