राजनीति

पृथ्वी जयन्तीलाई सरकारी तवरबाटै उत्सवको रुपमा मनाउनुपर्छ: राजेन्द्र लिङदेन

फाइल तस्बिर

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले पृथ्वी जयन्तीलाई सरकारी तवरबाटै उत्सवको रुपमा मनाउनुपर्ने बताएका छन्।

बुधबार ३०१ औँ पृथ्वी जयन्तीको अवसरमा राप्रपाले काठमाडौंमा आयोजना गरेको जलपान कार्यक्रमपछि सञ्चारकर्मीहरुसँग संक्षिप्त कुराकानी गर्दै अध्यक्ष लिङदेनले पृथ्वी जयन्तीको दिनमा सरकारले सार्वजनिक बिदा दिएर मात्रै नपुग्ने बताएका हुन्।

उनले यो दिनलाई सरकारी तवरबाटै उत्सवको रुपमा मनाउनुपर्ने बताए। यद्यपी पृथ्वी जयन्तीको दिनमा सार्वजनिक बिदा दिने निर्णय गरेर सरकारले सुकार्यको प्रारम्भ गरेको उनको भनाइ छ।

राप्रपाको मागलाई सरकारले स्वीकार गरेको भन्दै आफूहरुको लागि यो दिन विजयोत्सवको दिन पनि भएको बताए। उनले भने,‘उपेक्षामा परिराखेको पृथ्वीजयन्तीलाई यो चोटी सरकारी तवरबाटै सार्वजनिक बिदा दिने निर्णय गरेर सरकारले सुकार्यको प्रारम्भ गरेको छ। म नेपाल सरकारलाई राप्रपाको तर्फबाट धन्यवाद तथा आभार तथा आभार व्यक्त गर्न चाहन्छु र सरकारको यो निर्णयको स्वागत गर्न चाहन्छु । आगामी दिनमा केवल सार्वजनिक बिदा दिने मात्र होइन, यसलाई सरकारी तवरबाटै उत्सवको रुपमा मनाउनुपर्दछ।’

प्रकाशित: २७ पुस २०७९ १२:४९ बुधबार

राजेन्द्र लिङदेन