राजनीति

मधेस प्रदेशमा लोसपा संसदीय दलको नेतामा अभिराम शर्मा

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले मधेस प्रदेशमा संसदीय दलको नेतामा अभिराम शर्मालाई चयन गरेको छ।

बुधबार उनलाई सर्वसम्मतले दलको नेतामा चयन गरेको प्रदेशसभा सदस्य उपेन्द्र महतोले जानकारी दिए।

सर्वसहमतीबाट नेता चयन गर्नको लागि पार्टी अध्यक्ष महन्थ ठाकुरलाई पाँच सांसदले हस्ताक्षर गरी दलको नेता अभिराम शर्मालाई बनाउन प्रस्ताव गरेको थियो।

संसदीय दलको नेताका लागि जितेन्द्र सोनाल दाबी गर्दै आएपनि अन्तिम समयमा शर्माकै नाममा सहमति भएको हो। उनी महोत्तरी निर्वाचन क्षेत्र -३ को १ बाट प्रदेशसभा सदस्यमा निर्वाचित भएका हुन्।

मधेश प्रदेशमा लोसपा ९ सांसदसहित पाँच ठूलो दल बनेको हो , लोसपा, नेपाली काँग्रेस र नेकपा एकीकृत समाजवादी मधेस प्रदेशमा प्रतिपक्षको भूमिकामा रहने भएको छ।

प्रकाशित: २७ पुस २०७९ ०८:४७ बुधबार

लोकतान्त्रिक समाजवादी पार्टी अभिराम शर्मा