राजनीति

उपाध्याय केन्द्रीय सदस्य मनोनीत

काठमाडौं- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले महालक्ष्मी उपाध्याय 'डिना' लाई केन्द्रीय सदस्य मनोनीत गरेका छन्। पार्टी सभापति निर्वाचित भएपछि तेस्रोपटक केन्द्रीय सदस्य मनोनीत गरेका देउवाले आइतबार पूर्वकेन्द्रीय सदस्य उपाध्यायलाई मात्रै सदस्य मनोनीत गरेका हुन्।

मकवानपुरबाट राजनीतिमा सक्रिय उपाध्याय व्यवस्थापिका संसद् सदस्यसमेत छिन्। १३ औं महाधिवेशनमा खुलातर्फ केन्द्रीय सदस्यमा प्रतिस्पर्धा गरेकी उनी पराजित भएकी थिइन्। सभापतिले पार्टी विधानको धारा २१ अनुसार उनलाई केन्द्रीय सदस्य मनोनीत गरेको केन्द्रीय कार्यालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

कांग्रेस विधानले सभापतिलाई २१ जना केन्›ीय सदस्य मनोनयन गर्ने अधिकार दिएको छ। सोहीअनुसार देउवाले पहिलो चरणमा सभापतिका अन्य दुई प्रत्याशी रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौलासहित सात जना र दोस्रो चरणमा तीनजना गरी दश नेतालाई केन्द्रीय सदस्य मनोनीत गरिसकेका छन्।

प्रकाशित: १७ श्रावण २०७३ ०२:०९ सोमबार

उपाध्याय केन्द्रीय सदस्य मनोनीत