राजनीति

अख्तियार प्रमुख कार्कीलाई महाअभियोग लगाउने प्रस्ताव संसदमा छलफल हुने

काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीलाई महाअभियोग लगाउने जरुरी सार्वजनिक महत्त्वको प्रस्तावबारे संसदमा छलफल हुने भएको छ।

डा. गोविन्द केसी चिकित्सा क्षेत्रको सुधारको लागि ८ औं पटक अनशन बस्दा अख्तियार प्रमुख कार्कीलाई महाअभियोग लगाउनु पर्ने माग पनि राखेका थिए। केसीले माग राखेपछि कांग्रेस सांसद गगन थापा, धनराज गुरुङ र माओवादी केन्द्रका सांसद श्याम श्रेष्ठले जरुरी सार्वजनिक महत्त्वको प्रस्ताव संसदमा दर्ता गराएका थिए।

आइतबार सभामुख ओनसरी घर्तीले तीन दलका प्रमुख सचेतक तथा प्रस्तावकसँग छलफल गरेकी थिइन्। उनले नयाँ सरकार बनेपछि संसदमा छलफल गराउने बताएको छलफलमा सहभागि सांसद गुरुङले बताए। सोहि छलफलमा संसद महासचिव मनोहर प्रसाद भट्टराईलाई यो विषयमा सबै सांसदलाई छलफलको लागि जानकारी गराउन भनेको पनि गुरुङले बताए।

 

 

 

प्रकाशित: १६ श्रावण २०७३ १४:१८ आइतबार

अख्तियार प्रमुख कार्कीलाई महाअभियोग लगाउने प्रस्ताव संसदमा छलफल हुने