राजनीति

नाम लिन निषेध गरिएको ठाउँमा उभिएर बोल्दा नौलो अनुभूति भएकाे छ: सिके राउत

जनमत पार्टीका अध्यक्ष सिके राउतले संसदमा उभिराख्दा नौलो अनुभूति भइरहेको बताएका छन्। 

राउतले सोमबार प्रतिनिधिसभाको पहिलो बैठकमा बोल्दै संसदमा उभिराख्दा नौलो अनुभूति भइरहेको बताएका हुन्।

उनले भने,'खासगरी जुन ठाउमा मेरो नाम मात्र लिन मात्र निषेध गरिएको थियो त्यो ठाउँमा आफै उभिएर बोल्न पाउदा नयाँ अनुभूति भएको छ। लोकतान्त्रिक व्यवस्था र जनताको अभिमतलाई धन्यवाद दिन चाहन्छु।'

उनले देश बनाउन सशादत प्राप्त सबै सहिदहरुलाई स्मरण गरेका छन्। रावतले यो देश बनाउन प्रयोग गरिएका दरबारलाई मात्र होइन की बिसे नगर्तीको सिनो समेत सम्झिएको बताएका छन्। 

प्रकाशित: २५ पुस २०७९ ०९:१६ सोमबार

अध्यक्ष सिके राउत