राजनीति

हामी पनि चाहनौँ छिनछिनमा सरकार परिवर्तन होस्: नेपाल

एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्रीले पनि संविधानको पालना गर्नुपर्छ भन्ने मनन गर्न आग्रह गरेका छन्।

प्रतिनिधिसभाको पहिलो बैठकलाई सम्बोधन गर्दै नेपालले नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई बधाई दिए।

प्रचण्डले सबै क्षेत्रमा परिवर्तन देखिने गरी काम देखाउने प्रतिबद्धता व्यक्त गरेको भन्दै उनले भनेका छन्, ‘परिवर्तनको अनुभूति जनताले गर्न पाउने गरी काम अगाडि बढोस्। बोली र व्यवहारमा सामञ्जस्य आओस्।’

उनले भने, 'भोलि विश्वासको मत लिनु छ यो कार्यकाल कति दिन भन्ने आउला त्यसैले विगतको अनुभवबाट शिक्षा लिएर अगाडी बढनु पर्छ ।  संविधानको पालना गनु पर्ने कुरामा प्रधानमन्त्रीले पनि संविधानको पालना गरेर हिडनु पर्छ भन्ने कुरा मन्न गर्नु हुन्छ भन्ने अपेक्षा राखेको छु।  हामी पनि चाहनौं कि छिनछिनमा सरकार परिवर्तन होस्।’

प्रकाशित: २५ पुस २०७९ ०९:१३ सोमबार

एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल