राजनीति

कसैले कसैलाई निधेष गरेर राजनीति गर्न सम्भव छैनः लिङ्देन

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले अहिलेको परिस्थितिमा कसैले कसैलाई निधेष गरेर राजनीति गर्न सम्भव नभएको बताएका छन्।

सोमबार प्रतिनिधि सभाको पहिलो बैठकलाई सम्बोधन गर्दै उनले अहिलेको परिस्थितिमा कसैले कसैलाई निधेष गरेर राजनीति गर्न सम्भव नभएको बताएका हुन्।

उनले भने, ‘हामी कसैले कसैलाई निषेध गरेर म मात्रै बढ्छु भन्ने अवस्था छैन। हामी सबैका विचारभन्दा माथि देश छ  त्यसकारण देशलाई शिरमा राखेर मुलुकको समस्या समाधान गर्न अग्रसर हुन सकौं।’

राप्रपाले प्राप्त जनादेशअनुसरा राष्ट्रियता, राष्ट्रिय एकता, सुशासन, विकास र सेवा प्रवाहको मुद्धामा दृढताको साथ उभिने बताए। 

प्रकाशित: २५ पुस २०७९ ०९:०१ सोमबार

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन