राजनीति

प्रदेश १: सभामुखको निर्वाचन पुस २८ गते भित्र

सर्वदलीय बैठकमा सहभागी नेताहरू। तस्बिर: चुमन बस्नेत/नागरिक

प्रदेश १ को सर्वदलीय बैठकले पुस २८ गते भित्र सभामुखको निर्वाचन सम्पन्न गर्ने निर्णय गरेको छ। 

सभामुख र उपसभामुखको निर्वाचनको कार्य तालिका तय गर्न प्रदेशसभा सचिवालयमा बसेको बैठकले पुस २८ गते भित्र सभामुख र पुस ३० गते भित्र उप-सभामुखको निर्वाचन सम्पन्न गर्ने निर्णय गरेको नेकपा एमालेका प्रमुख सचेतक रेवतीरमण भण्डारीले जानकारी दिए।

भण्डारीका अनुसार प्रदेश सभाका ज्येष्ठ सदस्य गयानन्द मण्डलको अध्यक्षतामा बसेको बैठकले पुस २५ गतेलाई तोकिएको प्रदेश सभाको बैठक सारेर पुस २६ गते ११ बजे राख्ने निर्णय गरिएकाे हाे।

यस्तै सभामुखको निर्वाचन पुस २८ गते भित्र गर्ने, निर्वाचनको कार्य तालिका पुस २६ गते तय गर्ने, उप-सभामुखको निर्वाचन पुस ३० गते भित्र सम्पन्न गर्ने, कार्य तालिका पुस २८ गते भित्र तय गर्ने निर्णय गरेको भण्डारीले जानकारी दिए।

प्रकाशित: २४ पुस २०७९ ०९:२० आइतबार