आज साँझ ५ बजे सम्म प्रदेश १ को मुख्यमन्त्रीमा दावी पेश गर्न समय दिईएको छ।
प्रदेश प्रमुख पर्शुराम खापुङले पुस १७ गते संविधानको धारा १६८ को उपधारा २ बमोजिम प्रदेशसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरुको समर्थनमा बहुमत पुराएर सात दिन भित्र मुख्यमन्त्रीमा दाबी पेश गर्न आह्वान गरेका थिए।
प्रदेश १ मा ९३ सदस्यीय प्रदेशसभा रहेको छ। एमालेको ४०, नेपाली काँग्रसको २९ , माओवादी केन्द्रको १३, राप्रपाको ६, नेकपा एकीकृत समाजवादी पार्टीको ४ र जनता समाजवादी पार्टीको १ सिट रहेको छ। बहुमतका लागि ४७ मत आवश्यक पर्छ।
प्रकाशित: २४ पुस २०७९ ०३:५७ आइतबार