राजनीति

बाधा अड्काउ फुकाउ आदेश संसदबाट पारित

ब्यवस्थापिका संसद बैठक। तस्बिर: दिपेश श्रेष्ठ

काठमाडौं- व्यवस्थापिका संसदले राष्ट्रपतिबाट जारी भएको बाधा अड्काउ फुकाउ आदेश बहुमतले पारित गरेको छ। मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले साेमबार बाधा अड्काउ फुकाउ आदेश जारी गरेकी थिइन्।

नयाँ सरकार गठनको लागि प्रष्ट व्यवस्था नभएको भन्दै मन्त्रिपरिषदले राष्ट्रपति समक्ष बाधा अड्काउ फुकाउको लागि सिफारिस गरेको थियो।

बाधा अड्काउ फुकाउको विषयमा संसदमा उठेका प्रश्नहरुको कानुनमन्त्री अग्नी खरेलले उत्तर दिए। उनले नयाँ सरकार गठनलाइ सहज बनाउन बाधा अड्काउ फुकाउन राष्ट्रपतिलाइ सिफारिस गरेको बताए।

 

प्रकाशित: ११ श्रावण २०७३ ०९:२१ मंगलबार

बाधा अड्काउ फुकाउ आदेश संसदबाट पारित