राजनीति

अराजनीति गतिविधिमा नेकपा एस संलग्न भएको ओलीको टिप्पणी

फाइल तस्बिर

सत्तारुढ प्रमुख घटक नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले माधव नेपाल नेतृत्वको नेकपा (एकिकृत समाजवादी) राजनीति नै नभएको गतिविधिमा संलग्न भईरहेको टिप्पणी गरेका छन्।

अध्यक्ष ओलीले काँग्रेससँग पनि वार्ता गर्ने, एमालेसँग पनि वार्ता गर्ने, जसपासँग पनि वार्ता गर्ने भनेर सो पार्टीले कस्तो राजनीति गरिरहेको हो भनी प्रश्न समेत गरेका छन । पार्टीका सांसदहरूका लागि शनिबारबाट संसद भवन नयाँ बानेश्वरमा सुरु भएको अभिमुखीकरण कार्यक्रममा बोल्दै ओलीले  एमाले र जसपालाई उस्तै देख्ने नेकपा एसको दृष्टिकोणबाट आफू अचम्ममा परेको समेत बताए ।

नारायणमान बिजुक्छे नेतृत्वको नेपाल मजदुर किसान पार्टीको जति अडान र राजनीतिक दृष्टिकोण समेत नेकपा एसले लिन नसेकेको भन्दै असन्तुष्टि समेत व्यक्त गरे। अध्यक्ष ओलीले उद्देश्य नभएको राजनीति आफ्नो पार्टीले नगर्ने भन्दै चुस्त भएर अघि बढन पनि पार्टीका सांसदहरूलाई सचेत गराए।  

प्रकाशित: २३ पुस २०७९ १२:०५ शनिबार