राजनीति

कांग्रेसले प्रधानमन्त्रीलाई विश्वासको मत दिँदैन : महामन्त्री थापा

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले प्रधानमन्त्री पुष्पकमल दाहाललाई काँग्रेसले विश्वासको मत नदिने बताएका छन्।

आज शनिबार सिंहदरबारमा बसेको संसदीय दलको बैठकपछि पत्र कारहरूसँग कुराकानी गर्दै महामन्त्री थापाले कांग्रेस प्रतिपक्षमा बस्ने र त्यसअनुसार नै भूमिका खेल्ने  बताए।

उनले भने 'कांग्रेसले विश्वासको मतको खिलाफमा मतदान गर्छ, प्रतिपक्षमा बस्छ।’ 

यद्यपि काँग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाललाई विश्वासको मत दिने वा नदिन निर्णय २६ बिहान ९ बजे बस्ने संसदीय दलको बैठकले गर्ने जानकारी महामन्त्री थापाले दिए। 

प्रकाशित: २३ पुस २०७९ १०:४५ शनिबार