प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस संसदीय दलको बैठक सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा शुरु भएको छ ।
दिउँसो १ बजे बस्ने भने पनि बैठक एक घण्टा ढिलो सुरु भएको हो ।आजको बैठकमा संसद् बैठकमा कसरी सहभागी हुने, सरकारलाई विश्वासको मत दिने र नदिने लगायत विषयमा छलफल हुने नेपाली काँग्रेसका प्रमुख सचेतक रमेश लेखकले जानकारी दिएका छन।
हिजो सर्वदलिय बैठक पछि नेपाली काँग्रेसले आज संसदीय दलको बैठक डाकेको हो । प्रतिनिधिसभाको नयाँ कार्यकालको बैठक पुस २५ गतेदेखि सुरु हुँदै छ । प्रधानमन्त्री पुष्पकमल दाहालले पुस २६ गते विश्वासको मत लिने कार्यक्रम छ ।
प्रकाशित: २३ पुस २०७९ ०८:४७ शनिबार