राजनीति

प्रधानमन्त्री दाहाल भेट्न सिंहदरबार पुगे नेपाल

फाइल तस्बिर

प्रधानमन्त्री पुष्पकमल दाहाल र नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको छ।

बुधबार प्रधानमन्त्री र अध्यक्ष नेपालबीच सिंहदरबारमा भेट भएको हो। उनीहरूबीच समसामयिक राजनीतिक घटनाक्रमबारे कुराकानी भएको जनाइएको छ।

प्रधानमन्त्री दाहालले पुस २६ गते विश्वासको मत लिँदैछन्। दाहालले  यसअघि अध्यक्ष नेपालसँगको भेटमा सरकारलाई समर्थन गर्न आग्रह गरेका थिए।

प्रकाशित: २० पुस २०७९ ०९:४२ बुधबार

पुष्पकमल दाहाल माधवकुमार नेपाल