राजनीति

अर्थतन्त्र सुधार्न सरकारले हस्तक्षेप गर्छः उपप्रधानमन्त्री श्रेष्ठ

उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले मुलुकको अर्थतन्त्रलाई सुधार गर्न आवश्यक परे सरकारले हस्तक्षेप गर्ने बताएका छन्।

नेपाल उद्योग परिसङ्घको पदाधिकारीले आज गरेको भेटवार्तामा उनले अर्थतन्त्रमा देखिएको समस्या समाधान गरिने प्रतिबद्धता व्यक्त गरे। 

'जहाँ समस्या छन्, समाधान गर्ने। जहाँ कमजोरी छन् त्यसलाई सच्च्याउने, जहाँ छुट दिनै नसकिने छ त्यहाँ आवश्यक हस्तक्षेप गर्ने प्रक्रियामा अगाडि बढ्नेछौँ', उनले भने।

उपप्रधानमन्त्री श्रेष्ठले अर्थतन्त्र सुधारका लागि परिसङ्घको सुझाव महत्त्वपूर्ण रहेको बताए। रासस

प्रकाशित: १९ पुस २०७९ १६:०१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App