प्रधानमन्त्री पुष्पकमल दाहाल(प्रचण्ड)ले भ्रष्टाचार हुने सम्भावित निकायहरुमा निगरानी राख्न मातहत कार्यालयलाई निर्देशन दिएका छन्।
मंगलबार सिंहदरबारमा नेपाल सरकारका मुख्यसचिव र सचिवलाई निर्देशन दिँदै उनले भ्रष्टाचार हुने सम्भावित निकायहरुमा निगरानी राख्न मातहत कार्यालयलाई निर्देशन दिएका हुन्।
उनले भनेका छन्, ‘भ्रष्टाचार नियन्त्रण र निवारण यो सरकारको प्राथमिक काम हो। भ्रष्टाचार हुने सम्भावित निकायहरु र त्यस्ता व्यक्तिहरुको बारेमा निगरानी राम्रो मातहत कार्यालयमा भएका अनियमितताप्रति जिम्मेवार बन्नुहोस्। डिजिटल सेवा, फेसलेस सेवा, विचौलिया हटाउने, गुनासो सुन्ने र फट व्यवस्था, जनताको बढी भीड हुने मालपोत, लाइसेन्स, जस्ता निकायहरुमा क्षतिपूर्तिसहितको नागरिक बडापत्र राख्नुहोस्।
प्रकाशित: १९ पुस २०७९ ०९:४९ मंगलबार