राजनीति

प्रेम आले र माया राईले लिए शपथ

प्रतिनिधि सभा सदस्यमा निर्वाचित प्रेम आले र माया राईले पद तथा गोपनीयताको शपथ लिएका छन्।  आले र राईले प्रतिनिधिसभाका जेष्ठ सदस्य पशुपति शमशेर जबरासँग शपथ लिएका हुन्।  

गत पुस ७ गते आले पारिवारिक शोकमा र राई अस्पतालमा भर्ना भएका कारण सो दिनको शपथ ग्रहण समारोहमा भाग लिएका थिएनन्।

पुस ७ मा शपथ ग्रहण गर्न छुटेका अन्य दुई जना सांसद महिन्द्र राय यादव र रामकुमार राईले पुस ८ गते नै शपथ लिइसकेका छन्।

प्रकाशित: १९ पुस २०७९ ०७:५० मंगलबार

प्रतिनिधि सभा सदस्यमा निर्वाचित प्रेम आले माया राईले पद तथा गोपनीयता पशुपति शमशेर जबरा