राजनीति

जसपाका रौतहट सचिव पार्टीबाट निष्काशित

जनता समाजवादी पार्टी नेपालका जिल्ला सचिव लखिन्द्र यादवलाई पार्टीले निष्काशित गरेको छ। पार्टीको साधारण सदस्यसमेत नरहने गरी निष्काशन गरिएको जिल्ला अध्यक्ष श्याम बिहारी यादवले बताएका हुन्।

विधान विपरीत कार्य गरेको र पार्टीको अनुशासनहीन कार्य गरेको हुनाले जिल्ला समन्वय समितिबाट निष्काशित गरिएको अध्यक्ष यादवको भनाइ छ।

पार्टीबाट निष्काशित यादवसंग सम्पर्क गर्दा हुन सकेन। प्रभु साहले गठन गरेको आम जनता पार्टी ९आजपा०तिर लाग्ने अनुमान गरिएको छ।

प्रकाशित: १८ पुस २०७९ १२:३४ सोमबार

जसपा