राजनीति

जसपाको राजनीति समितिको बैठक आज र भोलि सरकारमा सहभागिता सम्बन्धमा छलफल हुने

जनता समाजवादी पार्टी, नेपालको आज देखि राजनीति समितिको बैठक  बस्दैछ।  

दुई दिन सम्म चल्ने यो बैठकमा न्यूनतम साझा नीति तथा कार्यक्रम र सरकारमा सहभागिता सम्बन्धमा छलफल हुने पार्टीका प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिएका छन्।

साथै बैठकमा मुलुकको वर्तमान राजनीतिक परिस्थिति र पार्टीको भूमिका , भर्खरै सम्पन्न चुनावको समीक्षा तथा विभिन्न राजनैतिक दलसंगको सहकार्य , गठबन्धन र पार्टी एकीकरण लगायतका बारेमा पनि छलफल हुने बस्नेतले जानकारी दिएका छन।  

यस अघि प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको सरकारलाई समर्थन गरे पनि जनता समाजवादी पार्टी सरकारमा सामेल भएको छैन। उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टीले प्रतिनिधि सभामा प्रत्यक्ष तर्फ ७ र समानुपातिक तर्फ ५ गरी १२ सिट जितेको छ। 

प्रकाशित: १८ पुस २०७९ ०२:५८ सोमबार