राजनीति

मन्त्री छनोटको जिम्मा राजनीतिक समितिलाई

जनता समाजवादी पार्टी (जसपा) ले सरकारमा कसकसलाई सहभागिता गराउनेबारे निर्णय लिने अधिकार राजनीतिक समितिलाई दिएको छ। जसपाको शनिबार बसेको कार्यकारिणी समितिको बैठकले यस्तो निर्णय गरेको हो।  

राजनीतिक समितिको बैठक यही पुस १८ र १९ गते बस्ने भएको छ। जसपा सरकारमा सहभागी हुने भएपछि कसकसलाई सरकारमा सहभागी गराउने भन्ने विषयमा राजनीतिक समितिको बैठकबाट टुंगो लगाउने सहमति भएको जसपाका नेताहरूले जनाएका छन्। कार्यकारिणी बैठकले हालै सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनबारे समीक्षा गरी प्रतिवेदन बुझाउन शिवलाल थापाको संयोजकत्वमा एउटा कार्यदल गठन गरेको छ। जसपाले चुनावको समिक्षा गर्न प्रत्येक जिल्लाबाट रिपोर्ट मागेको छ। केन्द्रमा गठन गरिएको समितिले जिल्लाबाट आएको रिपोर्टलाई आधार मानी समीक्षा गर्ने भएको हो।

प्रकाशित: १७ पुस २०७९ ०१:०० आइतबार

जनता समाजवादी पार्टी