राजनीति

प्रधानमन्त्रीद्वारा कम्बोडियामा निधन भएका निराकर पाण्डेप्रति दु:ख व्यक्त, शव छिटो ल्याउन ल्याउन निर्देशन

फाइल तस्बिर।

प्रधानमन्त्री पुष्पकमल दाहालले कम्बोडियाको एक क्यासिनोमा भीषण आगलागीका कारण झापाको निधन भएका बिर्तामोड नगरपालिका–१ का निराकर पाण्डेप्रति श्रद्धाञ्जली अर्पण गरेका छन्।

प्रधानमन्त्री दाहालले बिहीबार राति कम्बोडिया आगलागीका कारण पाण्डेसहित १९ जना निधन भएको घटनाप्रति गहिरो दु:ख व्यक्त गर्दै श्रद्धाञ्जली अर्पण गरेको उनको सचिवालयले जनाएको छ।

साथै दाहालले निधन भएका पाण्डेको परिवारप्रति गहिरो समवेदना प्रकट गरेका छन्।

प्रधानमन्त्री दाहालले मुख्यसचिवलाई उनको शव नेपाल ल्याउन शीघ्र सहजीकरण गर्न सम्बन्धित निकायलाई परिचालन गर्न निर्देशन दिएको सचिवालयले जनाएको छ।

प्रकाशित: १६ पुस २०७९ ०५:४१ शनिबार

पुष्पकमल दाहाल